१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सात दिनदेखि हराएकी वसन्ता वन्जाडे सम्पर्कमा, परिवारमा छायो खुसी



कपिलवस्तु ।
कपिलवस्तुबाट सातदिनदेखि हराएकी युवती वसन्ता वंजाडे बेचिनबाट जोगिएकी छन् । भलवाडमा स्थायी घर भएकी १६ बर्षिय युवती बन्जाडे आज बिहान महेन्द्रनगरको सिमाक्षेत्रबाट बेचिन लागेको अवस्थामा माइती नेपालको टोली नेपालगंजले सकुशल उद्धार गरेपछि उनी बेचिनबाट जोगिएको बताइएको छ ।
बन्जाडेलाई अहिले माइती नेपाल नेपालगंजमा सुरक्षित अवस्थामा राखिएको छ । आज बिहान नेपालगंज हुदै महेन्द्र नगरको सिमाक्षेत्रबाट भारततर्फ लैजान लागेको बेला माइती नेपालकोे टोलीले बन्जाडेलाइ उद्वार गरेको हो ।
भदौ २१ गते स्कुल जान्छु भनेर हिँडेकी बसन्ता बन्जाडे एकाएक सम्पर्क बिहीन भएपछी घरपरिवार एकदमै चिन्तित हुनहुन्थ्यो । वसन्ता भेटिएको सूचना पाएपछि उनका आमाबुबा र छरछिमेक अहिले खुसी भएका छन् । आमा सुमा बञ्जाडे र बुवा बाबुराम बञ्जाडेले मायादेवी अनलाइन संग भन्नुभयो, ‘नानी भेटिए पछि खुसीका आँशु बगेका छन् । ’
एक हप्ताअघि एक स्थानिय महिलाले वंजाडेलाई मोटरसाइकलमा बसालेर लगेको भन्ने अपुष्ट खबर आए पनि उनी कहाँ थिइन, यतिका दिन के गरेर बसेकी थिइन परिवारलाई कुनै अत्तोपत्तो थिएन । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बन्जाडेलाइ ७ दिनसम्म बुटवलको एक होटेलमा बन्धक बनाएर राखेको बताइएको छ ।
बञ्जाडेलाई मोटरसाइकलमा लैजाने महिलाको नाम खुलेको छैन । प्रहरीका अनुसार उक्त महिला महिला बेचबिखनमा संग्लन रहेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । पक्राउ परेकी महिलालाइ नेपालगंज प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५ बिहिबार ००:००  १० : ३० बजे