८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

नेकपाको एकताविधि तयार पार्दै ओली र दाहाल



काठमाण्डौं ।

पार्टीको प्रदेश र जिल्ला कमिटी एकताको विधि निर्माण गर्ने जिम्मेवारी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएपछि अध्यक्षद्वय जुटेका छन । एक नेताका अनुसार दुवै अध्यक्ष आज बिहान बसेर एकताको विधि तयार पार्ने जनाइएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ आज चिन जाने कार्यक्रम रहेको तथा अर्का अध्यक्ष दाहाल भोली चिन भ्रमण जाने कार्यक्रम रहेकाले साँझ सम्म यसलाई अन्तिम रुप दिने गरि छलफल भैरहेको एक नेताले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको नेकपाको सचिवालय बैठकले पार्टी एकताको खाका तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो ।

पछिल्लो समय पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका क्रममा आफ्नो पक्षका नेताहरूलाई पाखा लगाएको  र एकताका क्रममा अध्यक्ष ओली पक्षले एकलौटी गरेको भन्दै असन्तुष्टी जनाउँदै आउनुभएको छ, जसकाकारण  नेकपाका संगठन तथा विभागको एकता पनि तत्कालको लागि रोकिएको छ।

प्रकाशित मिति : २९ भाद्र २०७५ शुक्रबार ००:००  २ : ५९ बजे