८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

दाहाल चीन भ्रमण जादै



काठमाण्डौं । 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आज चीन प्रस्थान गर्दै हुनहुन्छ । केहीदिन अघि भारतको अनौपचारिक भ्रमण सकेर आउनुभएका दाहाल केही दिनको लागि चीन जान लाग्नु भएको हो । दाहाल आज त्रिभिुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिउसो चीनतर्फ प्रस्थान गर्नु हुने छ ।

नितान्त नीजि भनिएको दाहालको चीन भ्रमणलाई राजनैतिक वृत्त्तमा निकै चासोपूर्वक हेरिएको छ । चीन भ्रमणको बेला दाहालले त्यहाँका सरकार प्रमुख र उच्च राजनैतिक नेतृत्वसंग भेट गर्न सक्ने जनाइएको छ ।

यसअघि नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ शुक्रबार हिजो नै चीन प्रस्थान गरिसक्नु भएको छ । दाहाल चीन जाने भएपछि हिजो र अस्ति गरी नेकपाले सचिवालय वैठक बोलाएर पार्टीको तल्लो संगठनको एकताबारे रोड म्याप बनाउन छलफल गरी त्यसलाई अन्तिम रुप दिने गरी काम गर्ने जिम्मा अर्का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र दाहाललाई दिएको थियो । पार्टीमा आन्तरिक कुरा नमिलेपछि दाहालले त्यो कामलाई पछि सारेर चीन जान लाग्नु भएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  २ : ५४ बजे