८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

को बन्ला मिष्टर एण्ड मिस कपिलबस्तु ? आज ग्रेण्ड फिनाले हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा पहिलो पटक आयोजना भएको मिष्टर एण्ड मिस कपिलबस्तु २०७५ को ग्रेण्ड फिनालेको तयारी पुरा भएको छ । एक महिना अघिदेखि आयोजना गरिएको मिष्टर एण्ड मिस कपिलबस्तु २०७५ को आज सिद्धार्थ क्याम्पस वाणगंगामा ग्रेण्ड फिनाले हुदैछ । केनभास म्यानुअल प्लेयर्सको आयोजनामा हुन गइरहेको उक्त फिनालेमा १६ जना प्रतिस्पधी अन्तिम चरणमा पुगेका छन् ।
केनभास म्यानुअल प्लेयर्सले जिल्लामै पहिलो पटक सुन्दरता र क्षमता भएका कपिलवस्तुका प्रतिभावानहरुको पहिचान गर्ने उद्धेश्यले आयोजना गरिएको बताएको छ ।
ग्रेण्ड फिनाले कार्यक्रममा मिस नेपाल अफ २०१७ रजिना श्रेष्ठ, मिस नेपाल एसिया प्यासिफिक ईन्टरजेशनल २०१७ साहारा बस्नेत, मोडल प्रोडुसर सृष्टि घिमिरे, सामाजिक अभियान्ता बिष्णु थापाले निर्णायक भुमिका निर्वाह गर्नुहुने आयोजकले जनाएको छ ।
आयोजक प्लेयर्सका अध्यक्ष विष्णु खांणका अनुसार प्रतिनिधिसभा सदस्य अत्तहर कमालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज दिउसो ३ बजेबाट ग्रेण्ड फिनाल सुरु हुने आयोजकले जानकारी दिएको छ भने कार्यक्रमको मुख्य प्रायोजक महाकाली पेट्रोल पम्प रहेको छ ।
१६ जना प्रतिस्पर्धीमध्ये को बन्ला त मिस एण्ड मिस्टर कपिलवस्तु भन्नेबारे यतिबेला कपिलवस्तुबासी प्रतिक्षामा बसेका छन । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  ३ : १६ बजे