१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चन्द्रौटा घटना भएको एघार बर्ष पूरा, पिडितले अझै न्याय पाएनन



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा एघार बर्ष अघि घटेको घटनाको स्मरण आज गरिदै छ । २०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानिय समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो । विगत बर्षहरुमा आजको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आएपनि केही बर्ष देखि यो दिनलाई स्मरण मात्र गरिदै आइएको छ ।
१४ जनाको हत्या, ७ सय बढि पसल, घरटहरा लुटपाट, आगजनी भएको थियो भने ३ सय बढि सवारी साधनमा आगजनी गरिएको थियो । घटना अनुसन्धान गर्न सरकारले पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन गरेको थियो ।
आयोगले सवारी साधन बाहेक करिब ४ करोड बढि क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनलाई आधार मान्दै साविकका ८ गाविसका ३ हजार बढि घटना पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन् । घटनाको ११ बर्ष पुगिसक्दा पनि पीडितहरुले क्षतिपूर्ति नपाउँदा राज्यको न्याय तथा सरकारको आश्वासनबाट विश्वास उठिसकेको पीडित बताउँछन ।
पीडितहरुले मल्लिक आयोगको प्रतिवेदनलाई आधार मानि २०६८ सालमा सर्वोच्च अदालतमा सरकार विरुद्ध मुद्धा दायर गरेका थिए । घटना पछिका हरेक वर्षहरुमा घटनापिडितहरुले भाद्र ३० गतेलाई स्मरण गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  ३ : २५ बजे