८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

बर्षमान पुन भन्छन्, संघीयता सफल पार्न सबै लाग्नु पर्छ



रोल्पा ।

उर्जा, जलस्रोत एवं सिंचाई मन्त्री वर्षमान पुनमगरले नेपालको संघीयता आम नेपालीको त्याग, योगदान र शहीदको बलिदानबाट आएकाले संघीयतालाई सफल बनाउनका लागि सबै निकाय जिम्मेवारीपूर्ण तरिकाले लाग्नुपर्ने बताए ।

शनिबार जिल्ला समन्वय समिति रोल्पाको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री पुनमगरले यस्तो विचार राखेका हुन् । मन्त्री पुनमगरले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको सुनिश्चितता राज्यले नगरी जनताबाट कर मात्रै लिन नहुने बताए ।

कर मात्रै लिएर विकासका काम नगरेमा राज्यप्रति जनताको धारणा नकारात्मक हुने भएकाले जनताको जीवनस्तरमा आमूल परिवर्तनका लागि लाग्न सबै जनप्रतिनिधिले लागिपर्न अनुरोध गरे । उनले रोल्पा र आम नेपालीले अनुभूति गर्ने गरी काम गर्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  ११ : ४२ बजे