२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रेस युनियनमा फेरी भण्डारीको नेतृत्व



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा गोपाल भण्डारी चयन हुनुभएको छ । लामो रस्साकस्सी पछिको सहमतिबाट युनियनको नेतृत्व पूर्व अध्यक्ष गोपाल भण्डारीलाई दिएको हो ।
नेतृत्वको लागि सुरुमा मतदान हुने अवस्था देखिए पनि अन्त्यमा सबैको सर्वसम्मत निर्णयबाट भण्डारीलाई अध्यक्ष बनाउन सहमति भएको हो ।
युनियनको तौलिहवामा सम्पन्न सम्मेनको खुल्ला उपाध्यक्षमा खग प्रसाद चापागाई, समावेशी उपाध्यक्षमा किरणमान ब्रजाचार्य, सचिवमा मणि गैरे, सहसचिवमा कृष्ण गैरे, कोषाध्यक्षमा गुरुदेव पौडेल सर्वसम्म्त रुपमा चयन हुनुभएको छ भने अन्य सदस्यहरु पनि सर्वसहमतीबाट चयन गरिएको युनियन कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७५ आइतबार ००:००  ३ : २७ बजे