१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिस्टर एण्ड मिस कपिलवस्तु नेपाली र मल्ल



मायादेवी अनलाइन, कपिलवस्तु । 

एलिसा मल्ल र रुपेश नेपाली पहिलो मिस कपिलवस्तु र मिस्टर कपिलवस्तु २०७५ घोषित भएका छन् । जिल्लामा पहिलो पटक आयोजना भएको मिष्टर एण्ड मिस कपिलबस्तु २०७५ को ग्राण्ड फिनालेमा १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मल्ल र ७ जना प्रतिस्पर्धिलाई पछि पार्दै नेपाली विजेता घोषित भएका हुन् । मिस कपिलवस्तु तर्फ प्रतिभा सेन फस्ट रनर अर्थात उपविजेता र  मनिका हमाल सेकेण्ड रनर अप अर्थात तृतीय हुन सफल भएका थिए ।

मिस्टर तर्फ भने अशोक क्षेत्री फस्ट रनर अप अर्थात दोश्रो भए । विजेता मल्ल र नेपालीले नगद २५, २५ हजार पाए  । विजेता सबैलाई प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य अत्तहर कमाल र आयोजक म्यानुअल प्लेयर्सका अध्यक्ष बिणु खांणले पुरस्कार दिनु भएको थियो ।

शनिबार राती सिद्धार्थ क्याम्पसमा सम्पन्न ग्राण्ड फिनालेको निर्णयकको रुपमा मिस नेपाल अफ २०१७ रजिना श्रेष्ठ, मिस नेपाल एसिया प्यासिफिक ईन्टरजेशनल २०१७ साहारा बस्नेत, मोडल प्रोडुसर सृष्टि घिमिरे, सामाजिक अभियान्ता बिष्णु थापा रहनुभएकोे थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७५ आइतबार ००:००  ३ : ४० बजे