२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

चित्रकला प्रतियोगिता सम्पन्न



भुपाल थापा, कपिलबस्तु ।
सहयोगी बाल समुह संजाल कपिलबस्तु नगरपालिका १२ को आयोजना र कपिलबस्तु नगरपालिकाको सहयोगमा “बालमैत्री बिद्यालय” बिषयक चित्रकला प्रतियोगिता कार्यक्रम गरिएको छ । वडा कार्यालयको भवनमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरु चेतनाका संवाहक भएकोले चित्रमार्फत बालमैत्री बिद्यालय निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सन्दिप यादवले बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारि आज आयोजना गरिएको प्रतियोगितामा वडा नं. १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डेयले बालबालिकाको क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । बिद्यालयको अध्ययनशिल बातावरण निर्माणमा समेत बालबालिकाको भुमिका अहम हुने समेत उहाले जिकिर गर्नुभयो ।

कपिलबस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले नगरभित्रका बालबालिकाको हित, प्रवद्र्धनका लागी प्रयाप्त बजेट बिनियोजन गर्दै बालमैत्री स्थानिय शासन कायम गर्ने बताउनुभयो । संस्थाका अध्यक्ष सन्दिप यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा भित्रका सबै बालक्लबका १२ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा बिजय कोहार प्रथम, आर्यन मिश्र द्धितीय, संजय कुमार पासी तृतीय र मनिसा हरिजनले सान्त्वना स्थान हासिल गरेका छन् ।

कार्यक्रममा वडासदस्य जयजयराम यादव, महात्मा कुर्मी, बिन्द्रावती हरिजन, लाली धोवी, नगर बालमैत्री सहजकर्ता शान्ता पोख्रेल, नगरस्तरीय युवा संजालका अध्यक्ष मोहम्मद इरफान, शिक्षक बिक्रान्त मिश्र लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  २ : १६ बजे