१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

न्यायका लागि कपिलवस्तुमा ऐक्यबद्धता



कपिलवस्तु ।
कन्चनपुरकी निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनाको ५३ औ दिन सम्म पनि सत्यतथ्य बाहिर नआएकोमा कपिलवस्तुमा कृयाशिल मानवअधिकारकर्मी तथा डेढ दर्जन संघसंस्थाहरुले सरकारको आलोचना गर्दै निर्मलाको परिवारको न्यायका लागि ऐक्यवद्धता जनाएका छन ।
इन्सेक प्रतिनिधि र राष्ट्रिय मानव मानवअधिकार प्रतिष्ठान कपिलवस्तुको पहलमा आइतबार चन्द्रौटाका विभिन्न संघसंस्थाहरु सगं बसेको बैठकले निर्मला पन्तको बलत्कार पछि भएको हत्याको घटनाको सत्यतत्य बाहिर ल्याउन सरकारलाई दवाव दिने निर्णय गरिएको छ ।
सोमबार चन्द्रौटामा हातमा कालोपट्टी बाधेर बृहद मौन ¥याली तथा सभा गर्ने निर्णय गर्दै सम्पुर्ण जिल्लावासीलाई विहान ११ बजे चन्द्रौटामा हुने र्यालीमा सहभागीताका लागि समेत आग्रह गरिएको छ ।
देशै भर बालिकाहरु माथी एक पछि अर्को गर्दै बलत्कारका घटना भइरहेको अवस्थामा निर्मला पन्तको बलत्कार पछि गरिएको हत्यामा संलग्न अपराधीहरुको घटना भएको ५३ दिन सम्म पनि सत्यतथ्य बाहिर नआउनु प्रति बैठकले भत्र्सना गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  २ : २३ बजे