८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

रोट्याक क्लब अफ बुद्धभूमिको विभिन्न निर्णय



कपिलवस्तु ।
रोट्याक क्लब अफ बुद्धभूमिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । क्लबका अध्यक्ष प्रदीप खनालको अध्यक्षतामा बसको बैठकले महेन्द्र राजमार्ग खण्डका मुख्य चोक तथा बजार क्षेत्रमा सरसफाइ गर्ने, चोक चोकमा डस्वीन राख्ने, नेपालीहरुको महान चार्ड विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर विविध सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी संग समन्वय गरी रक्तदान कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकमा रोटरी क्लब अफ कपिलवस्तुका सचिव कृष्णप्रसाद खनाल, बुद्धभूमि नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्य लगायतको उपस्थिती रहेको बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  २ : ३४ बजे