५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बन्द मनोविज्ञानले बन्द !



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबार गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा परेको छ । आफ्ना प्रवक्ता प्रकाण्डलाई सरकारले पक्राउ गरेको विरोधमा गरिएको बन्दका कारण जनजीवन केही मात्रामा प्रभावित भएको छ । यस क्षेत्रमा सामान्य रुपमा सवारी, कलकारखाना, उद्योगधन्दा चले पनि हिजोको तुलनामा बजारामा चहलपहल कम देखिएको छ ।
सडकमा कार्यकर्ता नदेखिए पनि मानिसमा बन्दको त्रासले गर्दा बजारहरु खुल्न सकेका छैनन् । सोमबार विप्लव निकट संगठनबाट पूर्णरुपमा नेपाल बन्द गर्ने आशयको विज्ञप्ति सामाजिक संजालमा आएपछि आम सर्वसाधारणमा बन्दको हल्ला फिजिएको थियो । त्यसैका कारण पनि आज बन्दको प्रभाव परेको हो ।
विप्लव बाहुल्यता रहेका जिल्लाहरु कपिलवस्तु, रोल्पा, नवलपरासी, लगायतका जिल्लमा पनि आंशिक प्रभाव परेको हाम्रा सहकर्मीहरुले जनाउनु भएको छ ।

यता नेपाल प्रहरीले भने बन्द हल्लाको पछि नलाग्न सबैमा आग्रह गरेको छ । नेपाल बन्द नभएको र निर्धक्क संग सवारीसाधन चलाउन प्रहरीले आग्रह गरेको हो । विहानै देखि बन्दको हल्ला चलेपछि अहिले कपिलवस्तुका विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ ।
यसैबीच एक स्रोतका अनुसार विप्लव माओबादीले सरकारसंग वार्ताको लचकता अपनाएको छ । आफ्ना माग पुरा गर्न सरकार तयार रहेको अवस्थामा विप्लव नेकपा वार्ताका लागि तयार भएको बुझिएको छ ।
यसअघि सरकारले बारम्बार वार्तामा बोलाएको भएपनि विप्लवले वार्ता नगर्ने जनाउ दिएका थिए । केही दिन अघिमात्र सरकारले शसस्त्र भूमिगत संगठनहरुलाई वार्तामा आएर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सहयोगको लागि अपिल गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  २ : ४६ बजे