११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

शिवराज नगरपालिका पुर्ण भर्ना घोषणा



माधव बेल्वासे, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका आज एक कार्यक्रमका बीच पुर्ण भर्ना नगरपालिका घोषणा भएको छ । शिवराज नगरपालिका भित्र रहेका ५ वर्ष देखी १२ वर्ष उमेर सम्मका वालिका वालिकाहरुलाई विद्यालयमा भर्ना गराई पुर्ण भर्ना घोषणा गरिएको छ ।
नगरमा रहेका ६२ वटा सामुदायिक विद्यालय र २६ वटा संस्थागत विद्यालयहरुमा विद्यार्थी भर्ना भएको वताइएको छ । लामो समयदेखी घरदैलो अभियानलाई निरन्तर दिएर नगरका विभिन्न विद्यालयमा वाकी रहेका ५१ जना विद्यार्थीहरुलाई भर्ना गराई पुर्ण भर्ना घोषणा गर्न सफल भएको नगरपालिकाका शिक्षा साखा प्रमुख पुर्ण विकले वताउनुभयो ।
कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरपालिकालाई समृद्ध बनाउने एउटा सफलता भएको वताउनुभयो । शिक्षा मुख्य आवश्यक्ता रहेको जनाउदै सम्पुर्ण नगरवासी साक्षर हुनुपर्ने जिकिर गर्नुभयो । भर्ना घोषणा भएपनि अभियान भने जारी रहने अधिकारीले वताउनुभयो ।
प्रमुख अधिकारीले पुर्ण भर्ना घोषणा गर्दै विद्यालय वाहिर देखेका बालवालिकालाई सवैले सचेत गराउनुपर्नेमा जोड दिनुभयो । शिवराज नगरपालिकामा रहेका ११ वटा वडामा रहेका ६ हजार ७ सय ७० छात्रा र ६ हजार ६ सय ५५ छात्र विद्यालयमा भर्ना भएको वताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  ११ : ३१ बजे