१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तौलिहवामा राजपा नेपालद्धारा कालो झण्डा सहित बिरोध प्रर्दशन (फोटो फिचर)



इमरान खान, कपिलवस्तु ।
आज संविधान जारी भएको दिनको सम्झनामा केन्द्र, प्रदेश र स्थानीय सरकारमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । केन्द्र सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति बनाएर संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदै छ । यता कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय जनता पार्टी नेपालले आज कालो दिनको रुपमा कालो झण्डा सहित बिरोध प्रर्दशन गरेको छ ।


संविधान संशोधन सहितको माग गर्दै राजपाले संविधान जारी भएको आजको दिनमा विरोध गरेको हो । वि.स.२०७२ साल असोज ३ गते बन्दुकको नालमा मधेस र मधेसी जनताको हित विपरितको विभेदकारी संविधान जारी गरिएको भन्दै यसको विरोधमा प्रर्दशन गरिएको राजपाका नेता रविदत्त मिश्रले बताउनुभयो ।


तौलिहवामा भएको विरोध प्रर्दशनमा सयौ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । विरोध र्याली तौलिहवाको विभिन्न स्थानको परिक्रम गरि प्रशासन चोकमा आए समापन गरिएको थियो । संविधान दिवसलाई राजपा नेपालले आज कालो दिवसको रुपमा मनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७५ बुधबार ००:००  ९ : ०३ बजे