५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदै



काठमाडौं ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । समिति सभापतिको लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।

बेलुकी साढे ५ बजे उम्मेदवारको अन्तिम सूची आज प्रकाशित हुनेछ । एकमात्र मनोनयन परेमा सर्वसम्मत चयन हुने र एकभन्दा बढी मनोनयन परेमा भोलि बिहान ११ बजे चुनाव गर्ने तयारी छ । एकभन्दा बढी समितिमा सदस्य रहेका सांसदलाई आफूले मताधिकार प्रयोग गर्ने समितिको जानकारी दिन आजसम्मको समय दिइएको छ ।

यस्तो जानकारी सभामुखलाई उपलब्ध गराउनु पर्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरू विभिन्न समितिमा पदेन रहने व्यवस्था छ । तर, मतदानको अवस्था सिर्जना भएमा एउटा मात्र समितिबाट मतदान गर्नुपर्नेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  २ : २९ बजे