१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पकडी बलत्कार घटना : सामुहिक बलात्कारीलाई ११ बर्ष कैद !



किरणमान ब्रजाचार्य, कपिलवस्तु ।

मायादेबी गाउँपालिकाकी एक युवतीलाई सामुहिक बलत्कार गरी त्यसको भिडियो बनाई सामाजिक संजालमा राख्ने ५ जना युवाहरु अदालतद्धारा दोषी ठहर भएका छन ।

दुई बर्ष अघि कपिलवस्तुको पकडीमा भएको चर्चित सामूहिक बलात्कार घटनामा संलग्न सबै दोषी ठहर भएका हुन । कपिलवस्तु जिल्ला अदालतले घटनामा संलग्न ५ जनालाई दोषि ठहर गर्दै ११ बर्ष कैद तथा १–१ लाख जरिवाना तोकेको छ ।

गत सोमबार जिल्ला न्यायधिश लोकजंग शाहको एकल इजलासले पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई समान ११–११ बर्षको कैद सजाय सुनाएको हो । मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषि ठहर गरेको छ ।

फैसला कार्यान्वयनको लागि प्रहरी तथा कारागारलाई आदेश गइसकेको अदालत प्रशासनले जनाएको छ । भारत घर भई आफ्नो मामा घर पकडी बस्ने बर्ष २० कि युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७३ साल माघ २६ गते पिर्चुखी स्थित मर्थी खोला नजिकै नियन्त्रणमा लिई सामूहिक बलात्कार भएको थियो ।

बलात्कार पश्चात युवतिको नग्न भिडियो समेत बनाई सामाजिक संजालमा हालिएको थियो । सोहि आधार तथा प्रमाण अनुसार प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको थियो । अदालतको फैसला पछि ३ जना युवा भने फरार भएका छन । उनीहरुको खोजी भईरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  २ : ४० बजे