१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाँच दिन देखि हराएका शोभाखर सकुशल भेटिए



बाबुराम रायमाझी, कपिलवस्तु ।

पाँच दिन देखि परिवारको सम्पर्कमा नआउनु भएका बाणगंगा नगरपालिका वडा नं. ९ जिनुवाका शोभाखर खनाल विहीबार भेटिनुभएको छ । ३२ बर्षिय खनाल आइतबार देखि घरदेखि हराउनुभएको थियो । खनाल विहीबार विहान घर नजिकैको एक खोलामा भेटिनुभएको पारिवारीकले स्रोतले जनाएको छ । विहीबार विहान एक स्थानीयले खनाललाई खोलाको पानीमा बसिरहेको अवस्थामा देखेपछि घर परिवारलाई खबर गरेका थिए ।

खबर लगत्तै उहाँलाई उद्धार गरिएको थियो । उद्धार गरेपछि खनाललाई चारनम्बरको सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएको बताइएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएको छ । खनाल किन र के कारणले हराउनुभएको हो भन्ने विषय खुल्न सकेको छैन ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ४० बजे