२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

तौलिहवा अस्पतालका अहेव मुराउको यस्तो दादागिरी ! कारबाहीको माग गर्दै दिइयो उजुरी



इमरान खान, कपिलवस्तु ।
कपिलवस्तुको सदरमुकाम स्थित तौलिहवा अस्पतालका अहेब उग्रशेन मुराउको दादागिरीले चरम सिमा नाघेको छ । पदले मुराउ अहेव भएपनि वरिष्ठ डाक्टर भए झै जवरजस्ती विरामीको औषधि उपचार गर्न खोजेका थिए । बुधबार कपिलवस्तु नगरपलिका वडा नं. १ तौलिहवा बस्ने संजय कान्दुलाई बेहोसी अवस्थामा अस्पताल पु¥याइएको थियो । कान्दुलाई अस्पतालको एमरजेन्सी फाँटमा लैजादा मुराउ डियुटीमा थिए ।
मुराउ संग विरामीका आफन्तले डाक्टर कहाँ हुनुहुन्छ भनेर सोध्न के भ्याएका थिए सिअहेव मुराउ आक्रोसित मुद्रामा जाइलागेका छन । मुराउले डाक्टर मै हुँ भन्दै उपचार गर्न खाजे पछि त्यहाँ भनाभनको स्थिती सिर्जना भएको बताइएको छ ।
पछि मुराउले विरामीलाई लछार पछार समेत गरेको कान्दुका सहयोगीहरुले आरोप लगाएका छन । मुराउले अस्पतालबाट भागिहाल्न आग्रह गर्दै अटेर गरे लाठि चार्ज गर्ने सम्मको धम्की दिएको पिडीतहरुको आरोप छ । अहेवले अभद्र व्यवहार गरेको भन्दै पीडितहरुले अहेव माथि कडा कारबाहीको माग गरेका छन ।
औषधी उपचार नगर्ने, विरामीलाई उल्टै लछारपछार गर्ने र विरामीका सहयोगी माथि अभद्र तथा अमानवीय ब्यवहार देखाउने गरेकोले विहीबार तौलिहवाबासीले मुराउलाई कार्रबाहीको माग गर्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन ।
जिल्ला समन्यव समितिका सदस्य अनुप पाण्डेय, रेडक्रस सोसाइटीका रिकुं श्रीवास्तव, उ्रद्योग बणिज्य संघका सदस्य चन्द्र शेखर गुप्ता लगायातका समाजसेवीले प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल समक्ष मुराउलाई कार्रबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ पोख्रेलले घटनालाई आफुले बुज्ने बताउनुभएको छ ।
जिल्ला अस्पताल तौलिहवामा बेला बेला डाक्टरहरुले अभद्र क्रियाकलाप देखाउने गरेको समाचार आइरहन्छन ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  ८ : १५ बजे