५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अर्थ व्यवस्थामा हाटबजारको भुमिका महत्वपूर्ण : सांसद पन्थी



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश सांसद विष्णु पन्थीले अर्थव्यवस्थामा हाटबजारको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । जनताले उत्पादन गरेका साना साना उत्पादनलाई हाटबजारले बजारीकरणमा निकै ठूलो योगदान दिएको सांसद पन्थीले चर्चा गर्नुभयो । कपिलवस्तु हाट बजार व्यवसायी समितिको ११ औं अधिवेशनको शुक्रबार बुङ्चीमा उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
जनताको आवश्यकता अनुसार हाटबजारलाई व्यवस्थित पार्नुपर्नेमा उहाले जोड दिनुभयो । प्रदेश सरकारले पनि हाटबजार व्यवस्थित बनाउन विभिन्न योजना बनाउने उहाले जानकारी दिनुभयो । राज्यले तोकेको मूल्यमा मालसमान विक्री वितरण गरि उपभोक्तालाई सेवा दिने काममा लाग्न उहाले व्यवासायिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वाणगंगाका मेयर मंगल प्रसाद थारुले हाटबजार व्यवस्थित बनाउन नगरपालिकाले पनि पहल गर्ने बताउनुभयो । हाट बजार नेपालीहरुको पुरानो बजार भएको बताउँदै समयअनुसार व्यवस्थित बनाउन नगर प्रमुख थारुले व्यवसायिलाई आग्रह गर्नुभयो । कार्यक्रममा विभिन्न व्यक्तिले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  ५ : २१ बजे