२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

बन्द खुलेपछि जनजीवन सामान्य बन्दै, सडकमा चलहपहल बढ्यो



मायादेवी अनलाइन, कपिलवस्तु ।
विगत चार दिन देखिको बन्द खुलेपछि जनजीवन सहज भएको छ । असोज २ गते देखि यातायात बन्द गरेर चालकहरु हड्तालमा उत्रिए पछि जनजीवन प्रभावित भएको थियो । शुक्रबार साझ यातायात चालक र सरकार बीच भएको वार्ता पछि सवारी सञ्चालनमा आए पछि जनजीवन सहज भएको हो ।
बन्द खुलेपछि पूर्व पश्चिम राजमार्गमा अहिले सवारीसाधन सञ्चालनमा आएका छन । यात्रुहरु आ आफ्नो गन्तव्यमा हिडेका छन भने बजार, पसलमा पनि चहलपहल बढेको छ । सरकारले भदौ १ गते देखि जारी गरेको मूलुकी ऐन सच्चाउन माग राख्दै चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  ७ : ३७ बजे