२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सवारी ज्यान मुद्धाका फरार अभियुक्त पक्राऊ



मनिष गुप्ता, कपिलवस्तु ।
सवारी ज्यान मुद्दाका फरार अभियुक्त १५ दिन पछि पक्राऊ परेका छन् । गत भद्र २२ गते कपिलवस्तुको कृष्णनगर ११ बिद्यालयबाट फर्कि रहेकी ७ बर्षिय सुभाङ्गी यादवलाई बिपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिएको थियो ।
उनको उपचारका लागि बुटवल लग्दै गर्दा बाटोमा नै मृत्यु भएको थियो । पछि मोटरसाइकल चलाक भने फरार रहेका थिए ।
सोहि घटनामा संकलन कृष्णनगर न.प.११ झिंगाहा घर भएका ३० बर्षिय घनश्याम चौधरीलाई उहाको घरबाटै पक्राऊ गरि ५ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक नवीन पौडेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  १२ : ४७ बजे