१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कविता : डर छ अरिङ्गाल संग !



कृष्ण भुसाल ।

निमोठ्दै गर, क्रान्तिका बोटहरु,
रोप्दै प्रतिक्रान्तिका बिषबृक्ष,
बर्गिय मुक्तिको लागि लडेकाहरुलाई
मिल्क्याउ रद्दीका टोकरिहरुमा,
सिध्याउ उस्का इतिहासहरुलाई ।

बनाउ किचेन क्याबिनेट
उनै भक्त हनुमानहरुको,
सुनिदेउ उनैको सल्लाहहरुलाई
दिँदै झल्को साहिकालिन युगको,
देउ तिलान्जली सपनालाई, बर्गिय मुक्तिको ।

टेकि ढाडहरुमा मजदुरहरुको
खेली पौडी रगतमा, उनै निमुखाहरुको,
पुग्यौ तिमी रोडबाट करोडमा,
तर बाँड्दैछौ सपना अझै साम्यबादको
बसि बिलासी महलहरुमा ।

थप्दै दोहोरो जिम्मेवारीहरु
तिम्रै चम्चे भान्सेहरुलाई,
बनाउ भुमिकाबिहिन अनि बेरोजगार
क्रान्तिको लागि सिर फुटाउनेहरुलाई,
मुक्तिको लागि मर्न तयार हुनेहरूलाई ।

बनाउ कमिटी माफियाहरुको
देउ सारा तालाचाबी राष्ट्रको अनि पार्टीको
उनै भ्रष्ट अनि तस्करहरुलाई,
बन बामपंथीबाट दामपन्थी
लुटिदेउ गरिबका खुसिहरुलाई ।

बिगबिगी भो यहाँ लाल गद्दारहरुको,
रोप्दैछन तरबार आफ्नै सहयोद्धाहरुमा,
जस्ले मौरिजस्तै जुटायो मह संगठनको
उनै निस्वार्थी मौरिहरुनै आज टोकिँदैछन
केही बादशाही अरिङ्गालहरुबाट ।

लगाइँदैछ करहरु यहाँ
मजदुरको लाशहरु माथी,
हिँड्दैछन खुलेआम बलात्कारिहरु,
पाउँदैछन उन्मुक्ति सुन तस्करहरु,
हुँदैछ यहाँ आभाष लुटतन्त्रको तर
छोपिदिन उन्का गल्तिहरु,
बन्नै पर्नै अरे, अरिङ्गालहरु ।

मेटिदैछन नक्साबाट हाम्रै कालापानीहरु,
छोयो गगन महंगिले,
भाँचियो ढाड गरिबहरुकै तर,
सुन्दैनन स्वर जन आक्रोशको
सुन्छन त केबल बनाबटी प्रसंसाहरु,
उनै चाप्लुसिहरुको ।

दिइन्छ सत्ताका कुर्सिहरु दोहोर्याइ
उनै हरूवा चरुवाहरुलाई !
खाँटी कार्यकर्तालाई त केबल दौडाइन्छ
चुनावी अभियान अनि आन्दोलन हरुमा,
गरिन्छ अवमूल्यन योद्धाहरुको
भित्र्याइयो संस्कृति चाकडिबादको ।

कुल्चेर सारा कम्युनिस्ट संस्कारहरुलाई
दियौ प्राथमिकता अन्धभक्तहरुलाई,
गरिँदैछ प्रहार उनै राता माहुरिहरुमाथि
उनैको मह चाट्दै निरन्तर,
घार मास्न पोसिँदैछ, दुष्ट अरिङ्गालहरुलाई ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  २ : ०३ बजे