१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘प्रदेशीको पिडा’ नामक दशैं गीत सार्वजनिक



मायादेवी अनलाइन ।
नेपालीहरुको महान पर्व वडा दशै नजिकिदै गइरहेको बेला लव कुमार भट्टको ‘प्रदेशीको पिडा’ नामक दशैं गीत सार्वजनिक भएको छ । यस गीतमा लव कुमार भट्ट र बिम कुमारी दुराले स्वर दिनु भएको छ ।
यस गीतको लय तथा शब्द सिर्जना लव कुमार भट्ट स्वय्म आफैले गर्नु भएको छ । यस म्युजिक भिडियोमा नवनायक बिशाल शर्मा (लक्ली) ले छोराको भुमिका निभाएका छन् भने अहिलेकी चर्चित अभिनेत्री रश्मि भट्टले आमाको भुमिका निभाउनुमा बियोगान्त अभिनय गरेकी छिन् ।
यस गीतले प्रदेशमा रहेका छोराहरुको पिडा गाउँमा रहेकी बुढी आमाको ममतालाई दृष्टीगत गराउन खोजेको छु । यस गीतको निर्देशन लव कुमार भट्ट आफैले गरेका छन र बिरेन्द्र भट्टले छायाङ्कन गरेका छन् । भने यस म्यूजिक भिडियो (टी टाइम म्युजिक प्रालि) ले बजार ब्याबस्थापन गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  २ : १२ बजे