१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ट्याक्टर व्यवसायी भन्छन्, राज्यले अनाहकमा दुख दियो



मायादेवी अनलाइन, कपिलवस्तु ।
ट्याक्टर व्यवसायीले राज्यले अनाहकमा आफुहरुलाई दुख दिने गरेको गुनासो गरेका छन । कृषिको क्षेत्रमा ट्याक्टरले पु¥याएको भूमिकालाई राज्यले मूल्याङ्कन गर्न नसकेको उनीहरुले गुनासो पोखे । राज्यको हेपाह प्रवृत्तीमा पनि ट्याक्टर चलाउदै आएको भन्दै व्यवसायिले राज्यले आफुहरुका माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । नेपाल किसान टे«क्टर समितिको १४ औँ साधारणसभाको खुल्लासस्त्रमा बोल्ने अधिकांश बक्ताले यस्तो बताएका हुन ।
कपिलवस्तुको वाणगंगा ८ पूलचोकमा भएको साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल टे«क्टर महासंघका केन्द्रिय अध्यक्ष खेम गौतमले राज्यले ट्याक्टर व्यवसायिलाई दुख दिन नहुने बताउनुभयो । कृषिको आधुनिकरणमा ट्याक्टरको महत्वपूर्ण भूमिका हुने भन्दै अध्यक्ष गौतमले ट्याक्टर व्यवसायिलाई राज्यले साथ दिए आफुहरुले कृषिमा आमूल परिवर्तन गरेर देखाउने बताउनुभयो । उहाले ट्याक्टर किन्दा छुट, ढुवानीमा प्रहरी हस्तक्षेप बन्द हुनुपर्ने लगायतका माग राख्नुभयो । टे«क्टर व्यवसायि पनि राज्यका निती अनुसार चल्नुपर्नेामा उहाको जोड थियो ।
नेपाल किसान टे«क्टर समितिका अध्यक्ष मधु अर्यालले राज्यले टे«क्टर व्यवसायिलाई १३ प्रतिशत भ्याट छुट गराउनु पर्ने माग राख्नुभयो । अध्यक्ष अर्यालले ५ बर्ष भित्रै कर्जा चुक्ता गरे टे«क्टरको नामसारी हुनुपर्ने, ट्रालीको क्षमता अनुसार ट्राली जडान गर्न पाउनुपर्ने लगायतको माग राज्य संग गरिरहेको बताउनुभयो ।
समितिका महासचिव झविन्द्र खनालले टे«क्टर व्यवसायीका विभिन्न माग लिएर प्रधानमन्त्री कार्यालय जान लागेको जानकारी दिनुभयो । समितीले व्यवसायिको हक र हितमा काम गरिरहेको बताउनुभयो ।
समितिका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको खुल्ला सस्त्रमा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, वडा नं. १ की वडा अध्यक्ष बालकुमारी अधिकारी, नेपाल टे«क्टर महासंघका पूर्व केन्द्रिय अध्यक्ष प्रदीप उदय, नेपाल किसान ट्रेक्टर समितिका पूर्व अध्यक्ष शंकर पौडेल, कृष्ण पोख्रेल लगायतले बोल्नु्भएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव शान्त विक्रम पौडेलले गर्नुभएको थियो ।
साधारणसभामा अध्यक्ष, महासचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको विभिन्न प्रतिवेदन सर्वसम्मतले पारित भएको बताइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  २ : २७ बजे