२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नदीजन्य पदार्थको चोरी निकासी बन्द गरौँ : सांसद पन्थी



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेशसभा सदस्य विष्णु पन्थीले नदीजन्य पदार्थको चोरीनिकासीमा ट्याक्टर व्यवसायी सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ । केही समय यता वाणगंगा नदीमा रातको समयमा नदीजन्य पदार्थको चोरीनिकासी हुने गरेको क्रियाकलाप प्रति लक्षित गरी सांसद पन्थीले व्यवसायीलाई यस्तो कुरामा जोड दिनुभएको हो ।
नेपाल किसान टे«क्टर समितिको १४ औ साधारणसभामा विशिष्ट अतिथिको आशनबाट बोल्दै सांसद पन्थीले ट्याक्टर व्यवसायीको हक र हितमा आफु सधै साथमा हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । तर, व्यवसायि राज्यको मूल्य मान्यतामा रहेर चल्नुपर्ने बताउनुभयो । टे«क्टर व्यवसायीले समयमा टे«क्टरको नविकरण, कर लगायत तिर्न आग्रह गर्नुभयो । उहाले चालकहरुलाई पनि बेला बेला प्रक्षिषण दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  २ : ३१ बजे