१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपामा चरम असन्तुष्टि, कर्णाली प्रदेश सचिवले दिए राजिनामा



काठमाण्डौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशको नेतृत्व छनोट गरेको केही घण्टा नबित्दै असन्तुष्टि देखिएको छ । नेतृत्वले एकलौटी गरेको भन्दै चारै तर्फ असन्तुष्टि देखिएको हो । यो असन्तुष्टिकै कारण कर्णाली प्रदेशसचिवमा नियुक्त हुनुभएका मायाप्रसाद शर्माले सचिव पदमा नबस्ने घोषणा गर्नुभएको छ ।
नेतृत्वले अपमानित गर्ने गरी आफूलाई जिम्मेवारी दिएको भन्दै केन्द्रीय सचिवालयले संचरकर्मीसंगै कुरा गर्दै तोकेको जिम्मेवारीमा नबस्ने घोषणा गर्नुभएको हो । अहिले दिइएको जिम्मेवारी एकीकरणको मर्मअनुसार नभएको भन्दै उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवलाई आफु सचिव पदमा नबस्ने विषयमा जानकारी गराइसकेको बताउनु भयो ।
पार्टी कमिटी एकता गर्न बनेको कर्णाली प्रदेशको कार्यदलका सदस्य समेत रहेका शर्मा कर्णाली प्रदेशको अध्यक्षको आकांक्षी थिए । उनले सामाजिक संजाल फेसबुकमा पनि पद त्याग गरेको उल्लेख गरेका छन् । यता प्रदेश ५, प्रदेश १, २ मा पनि त्यो असन्तुष्टि देखिएको बताइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  ३ : ०८ बजे