२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आगामी महाधिवेशनमा कोइराला परिवारबाटै सभापतिको उम्मेदवार : महामन्त्री कोइराला



रुपन्देही ।

नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले पार्टी सभापतिलाई धेरै अधिकार दिन नहुने बताउनु भएको छ । रिपोर्टर्स क्लब पाँच नम्बर प्रदेशले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले मुलुक संघियतामा गएपछि पार्टीलाई पनि संघीय संरचनामा लैजानु आवश्यक रहेको बेला सभापतिमा अधिकार केन्द्रीत गर्न खोजे पार्टि नै चल्न नसक्ने बताउनुभयो ।

समय मै महाधिवेशन गर्नुपर्ने बताउँदै उहाँले आगामी महाधिवेशनमा कोइराला परिवारबाटै एक जना सभापतिको उम्मेवार बन्ने बताउनुभयो । महासमितिको बैठकले कांग्रेसको विधानलाई नयाँ जीवन दिने बताउनुभयो ।

महामन्त्री डाक्टर कोइरालाले सरकार दिशाहीन र गतिहीन बनिसकेको बताउँदै नागरिक माथि करको भारी बोकाएर सम्बृद्ध मुलुक बनाउछु भन्नु प्रधामन्त्री ओलीको दिवा सपना मात्रै हो भन्नुभयो ।

उहाँले सरकारका जनविरोधी क्रियाकलापको कांग्रेसले सदन र सडकबाट प्रतिकार गर्ने बताउनुभयो । उहाँले चार वर्ष पछि हुने चुनावबाट कांग्रेस मुलुकको पहिलो पार्टी बन्ने दाबी गर्दै कम्युनिष्टहरुको केन्द्रीकृत मानसिकताले संघीयता कै भविष्य संकटमा पारेको बताउनुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  १ : ५४ बजे