२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

महिला संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र



तौलिहवा ।
नेपाल महिला संघ कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । देशमा बलत्कारका घटना बढ्नु, बलत्कारी पत्ता नलगाउनु र हिंसा र हत्या दिनहुँ भएकोले शान्ति सुरक्षा र महिलाहरुलाई हिंसा र असुरक्षाको भावना बुद्धि हुँदै गएको भन्दै ज्ञापनपत्र बुझाएको हो । त्यस्तै पेट्रोलियम पर्दाथको मुल्य पटक पटक बढाउनु र दैनिक उपभोग्य वस्तुमा महंगी गराई गरिव जनताको सरकारले समस्या पारेको प्रति ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उल्लेखित घटनाहरुको छनविन गर्न तथा मुल्य बृद्धि फिर्ता गर्न माग गरिएको छ ।
बलत्कारीलाई तत्काल खोजी गरि कारवाही गर्नुको साथै महिलाहरुलाई सुरक्षा साथै मुल्य बुद्धि तत्काल फिर्ता नलिए महिला संघ आन्दोलनमा उत्रने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपाल महिला संघ कपिलवस्तुकी सभापति मिना केसीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उक्त कुरा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेललाई प्रदेशसभा सदस्य रिना नेपाल, महिला संघ सभापति मिना केसी केन्द्रिय सदस्य इन्द्रिरा भट्राई, महिला नेतृ दिना सुवेदी लगायत दजनौ महिलाहरुले उक्त ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  २ : १३ बजे