२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मलखाद अभाव चाडै समाधान हुन्छ : कृषि मन्त्री खनाल



मायादेवी अनलाइन, कपिलवस्तु ।
कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले मलखाद अभावको समस्या चाँडै समाधान हुने बताउनुभएको छ । आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ४ मुडफुटवामा भएको कार्यक्रममा बोल्दै कृषि मन्त्री खनालले मलखाद अभाव चाडै समाधान हुने दाबी गर्नुभयो । उहाँले नेपाल कृषि प्रधान देश भएकोले कृषकको हित हुने काम गर्ने बताउनुभयो । साथै उहाले जिल्लाका विभिन्न किसानलाई लक्षित गरी स्यावो ट्युवेल र डिप बोरिङ वितरण कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
मन्त्री खनालले आज कपिलवस्तुका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । कपिलवस्तु प्रतिनिधिसभा १ का सांसद समेत रहनुभएका मन्त्री खनालले जिल्लाका विभिन्न कृषकलाई राहत मूलक कार्यक्रम ल्याउने तयारी गर्नुभएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  ६ : ४७ बजे