२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

नेकपा कपिलवस्तुले राख्यो अर्थमन्त्री समक्ष यस्ता माग ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले अर्थमन्त्री डा. युवराज खतिवडा संग विभिन्न माग राखेको छ । सोमबार जिल्ला पार्टी कार्यालय तौलिहवामा भएको कार्यक्रममा नेकपा कपिलवस्तु संयोजक झविलाल पोख्रेलले मन्त्री खतिवडा संग विभिन्न माग राख्नुभएको हो ।
विदेशका विभिन्न देशबाट पेन्सन खाईरहेकाहरुलाई सरकारले बृद्धभत्ता दिदैन भन्ने हल्ला चलेको बारे संयोजक पोख्रेलले अर्थमन्त्री समक्ष कुरा राख्नुभएको थियो । नेकपाका संयोजक पोख्रेलको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सरकारी दोहोरो सुविधा खानेका लागि मात्र त्यो नियम लागु हुने तर विदेशबाट पेन्सन लिएकाको हकमा लागु नहुने प्रष्टाउनुभयो ।
यस्तै नेकपा कपिलवस्तुले सामाजिक सुरक्षाभत्ता बृद्धि गर्न माग गरेको छ । तिलौराकोटको विकास गर्न पनि मन्त्री समक्ष नेकपाले माग राखेको छ । बर्षौ देखि हुलाकी सडक बन्न नसक्दा सर्वसाधारणलाई समस्या भएको भन्दै यसलाई तत्काल पक्की बनाउन नेकपा कपिलवस्तुले माग गरेको छ । मन्त्री खतिवडाले सबै माग सुन्दै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै बृद्धभत्ता आगामी बर्ष देखि बृद्धि गर्दै ५ बर्षमा ५ हजार पुराउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
नेकपाका नेता बाबुराम खनालको सञ्चालनमा भएको कार्यक्रममा नेकपाका जिल्ला तहका नेता तथा कार्यकर्ता उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  २ : ५३ बजे