२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

लागु औषध सम्बन्धि सचेतना दिन्छ प्रहरी, प्रयोगकर्ता भेटिन्छन धमाधम !



मायादेवी अनलाइन, कपिलवस्तु ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मंगलबार ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका २ वर्दहवा बस्ने अलालुद्धिन दर्जीलाई ८ पुरिया ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दर्जीले कालो पलाष्टिक र सेतो झिलझिले कागज भित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको ब्राउन सुगर पक्राउ गरेको थियो । पक्राउ परेका दर्जीलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।
यसैबीच प्रहरी चौकी मर्यादपुरले लागु औषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । यशोधरा गाउँपालिका ८ सिहोंखोर स्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष शाहामुदिन मुसलमान लगाएतका स्थानीय ७० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  ४ : ५२ बजे