२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

रोटरीमा मुटुरोग विशेषज्ञ



माधव भाट क्षेत्री, कपिलवस्तु ।
रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनको ११३ औं नियमित बैठकमा मुटुरोग विशेषज्ञ डा.सुमन्त बन्जाडेलाइ आमन्त्रण गरिएको छ । बिश्व मुटुरोग सप्ताह अन्तर्रगत हाम्रो “प्रणस्वस्थ मुटु“ भन्ने मुल नाराका बिश्व भरनै मुटुरोग तथा त्यसको रोकथाम बारे विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।
यसै अवसरमा रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन र हर्ट फाउन्डेसन नेपाल कपिलवस्तुको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मुटुरोग विशेषज्ञ डा .सुमन्त बन्जाडेले मुटुरोग तथा रोकथामबारे महत्वपूर्ण कुराहरु जानकारी दिनुभएको थियो ।
मुटुरोगको बारेमा सामान्य ज्ञान मात्र भयो भने पनि मुटुरोगको रोकथाम गर्न सकिने बताउनुभयो । रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनको सचिवालयमा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष बासुदेव घिमिरेको अध्यक्षता हर्ट फाउन्डेसन नेपाल कपिलवस्तुका सदस्य रामजी सेनको स्वागत मन्तव्य र भाइस प्रेसिडेन्ट सेकेन्ड माधव भाट क्षेत्रीको संचालन तथा नन्दकिशोर शुक्लाले धन्यवाद मन्तव्य राख्नु भयको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  १ : ३७ बजे