२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

कपिलवस्तुका एक जोडीले अदालती विवाह गरे



हरि अधिकारी, कपिलवस्तु ।
मुलुकी संहिता २०७४ यही भदौ १ गतेबाट कार्यान्वयन भएपछि जिल्ला अदालत कपिलवस्तुमा एक जोडीले विवाह दर्ता प्रमाणपत्र लिएका छन् । मुलुकी संहिता कार्यान्वयन भएसंगै कपिलवस्तु जिल्ला अदालतबाट पहिलो पटक आज एक जोडीको अदालती विवाह भएको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा न. २ गोरुसिंगे बस्ने २२ वर्षीय प्रदिप सुवेदी र बुद्धभूमि नगरपालिका वडा २ पुरेना बस्ने अनिता घिमिरेले विवाह दर्ताको प्रमाण पत्र पाउ भनी दिएको निवेदन अनुसार जिल्ला न्यायाधिश भरतमणी खनालले विवाह दर्ताको प्रमाण पत्र दिने निर्णय गर्नुभएको थियो ।
यसअघि यस्तो प्रकारको जोडीको विवाह जिल्ला प्रशासन कार्यालयबाट हुने गरेको कपिलवस्तु जिल्ला अदालतका प्रमाणीकरण शाखा प्रमुख हरि पन्थीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  १ : ४५ बजे