२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मानपुर र हरिहरपुर आज पूर्ण भर्ना वडा घोषणा हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई वडा आज पूर्ण भर्ना वडा घोषणा हुनेभएका छन । नगरपालिकाका साविक मानपुर र हरिहरपुर गाविस पूर्ण भर्ना घोषणा हुन लागेका हुन ।
नगरका १० वटा वडा मध्ये यी दुई वडा बाहेक अरु सबै पूर्ण भर्ना घोषणा भैसकेको नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पहिलो कार्यक्रम विहान ८ बजे मानपुरमा हुने छ भने दिउँसो १ बजे हरिहरपुरमा दोस्रो कार्यक्रम हुने छ । यि दुवै कार्यक्रममा उपस्थित हुनका लागि वडाबासीलाई अनुरोध गरिएको छ ।
नगरपालिकाका मेयर श्रेष्ठका अनुसार यही २० गते सिंगो नगरलाई पूर्ण भर्ना घोषणा गरिने छ । त्यसै अनुसार तीव्रताका साथ काम भैरहेको उहाले जानकारी दिनुभयो । बुद्धभूमि यसभन्दा अगाडी नै पूर्ण साक्षर घोषणा भैसकेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  १२ : ०९ बजे