२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

दक्ष चिकित्सक सामु स्वास्थ्य परिक्षण गर्न पाए पछि राहत



विकास बन्जाडे, कपिलवस्तु ।
गरिविका कारण महँगो अस्पताल र दक्ष चिकित्सक सामु स्वास्थ्य परिक्षण गर्न नपाएका कपिलवस्तुको कृष्णनगरका स्थानीयले थोरै भएपनि राहत पाएका छन् । कृष्णनगरका महिलाहरुको सकृयतामा भारतको गोरखपुर, बलरामपुर लगायतका स्थानबाट आएका विशेषज्ञ चिकित्सकको टोलीले निशुःल्क स्वास्थ्य परिक्षण गरेका हुन् ।
कृष्णनगरमा ४० वर्षवित्दा समेत अस्पताल भवन सन्चालनमा नआउँदा यहाँका अधिकाँश स्थानीय नेपालका अतिरिक्त भारतका विभिन्न ठाउँमा महँगो रकम खर्च गरी उपचार गराउन बाध्य छन् ।
निशुःल्कमा स्वास्थ्य परिक्षण गर्न पाउँदा स्थानीय बासिन्दा हर्षित भएको माधुरी देवी बताउनुहुन्छ । १ दिनसम्म चलेको स्वास्थ्य परिक्षणमा झन्डै ५ सयको हाराहारीमा स्त्रीरोग, नाककानघाँटी, ओपिडी, हाडजोर्नी लगायतका विरामीको उपचार गरिएको आयोजकको दावी छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  २ : ११ बजे