८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

नेविसंघद्वारा लुम्बिनी बाणिज्य क्याम्पसमा आगजनी



बुटवल ।
बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा ११ जना आफ्ना मान्छेलाई शिक्षक, कर्मचारी भर्ती गरेको भन्दै नेपाल विद्यार्थी संघले आगजनी र तोडफोड गरेको छ ।
लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्ची, टेबलमा आगजनी गरेको हो । उनीहरुले क्याम्पस प्रमुख चढ्दै आएको स्कार्पियो गाडीमा तोडफोड गरेका छन् ।
विद्यार्थीहरुले नयाँ नियुक्त गरिएका शिक्षक कर्मचारीहरु भनसुनका आधारमा नाताबाद, कृपाबाद र आसेपासे भएको आरोप लगाएका छन् ।
क्याम्पसले आफूखुसी मान्छेलाई जागिर दिएको भन्दै निर्णय सच्चाउन नेविसंघले अल्टिमेटम समेत दिएको छ । क्याम्पस प्रशासनले भने बैधानिक ढंगले शिक्षक कर्मचारी नियुक्ति गरिएको जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  २ : १८ बजे