१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपाले जिल्ला र स्थानीय तह एकिकरणलाई तीव्रता दिने



काठमाण्डौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश तहको जिम्मेवारी बाँडफाँड टुंग्याए सँगै अब जिल्ला र स्थानीय तहको एकीकरणलाई तीव्रता दिएको छ । सातै प्रदेशका इञ्चार्ज, सह–इञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिवको टुंगो लागेपछि आधारभूत तहसम्मको एकता प्रक्रिया सहज हुने नेकपाले विश्वास लिएको छ ।

नेकपाले जिल्ला र स्थानीय तहको एकीकरण गर्ने जिम्मा प्रदेश इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवलाई दिएको छ । केन्द्रमा पार्टी एकीकरण भएको चार महिना वितिसक्दा पनि तल्लो तहसम्मको एकीकरण भने हुन सकेको छैन । अब तल्लो तहसम्मको एकीकरणलाई पूर्णता दिन आफूहरुले काम थालेको नेकपा प्रदेश एकका इन्चार्ज भीम आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  २ : ४० बजे