२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

आर्टिजन बोरिङ बन्दको माग राख्दै प्रशासनमा डेलिगेसन



कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका– १० स्थित पिपराहवामा जडान गरिएको आर्टिजन बोरिङले गर्दा पानीको मुहान सुकेर नलमा पानी आउन छाडेको बिषयमा ३ गाउँका ५० बढी जनताहरु बुधबार प्रशासन कार्यालयमा डेलीगेसन गएका छन । उनीहरुले सो आर्टिजन बोरिङले गर्दा दउपुरा, लहरौला र पिपरहवामा रहेको नलहरु सुकेर पानी नआएको भन्दै प्रजिअ अर्जुन प्रसाद पोख्रेललाई ज्ञापनपत्र समेत बुझाएका छन ।
पिपराहवामा रहेका केही ब्यक्तिको निहित स्वार्थ र सोनु ईटा भट्टालाई मात्र फाईदा पुग्ने गरी जडान गरिएको आर्टिजन बोरिङले गाउँमा खानेपानीको हाहाकार भएको ८० बर्षे फूलचन्द केवटले बताउनुभयो । उहाँले सो आर्टिजन सञ्चालमा रोक लगाउन पर्ने माग गर्नुभयो ।
प्रअिज पोख्रेलले ज्ञापनपत्र बुझ्दै समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । दाङमा रहेको भुमीगत सिंचाईले सो बोरिङ २ बर्ष अघि जडान गरेको थियो । त्यहाँ प्राबिधिकहरुलाई त्यसबारे जानकारी गराउने र समस्याको समाधान गरिने पोख्रेलले बताउनुभयो । ४ सय मिटरमा पानी तान्ने गरी बोरिङ जडान गरिएको थियो । तर ढेड सय देखि चार सय मिटर भित्रको लेयरमा जाली लागाईएकोले यस्तो समस्या आएको गाउँलेहरु बताउँछन ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  २ : ५९ बजे