१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा नगरपालिका बजार अनुगमनमा तात्यो, पहिलो दिन ओदारी बजारको अनुगमन



अशोक पौडेल, जितपुर ।

बाणगंगा नगरपालिकाले ओदारी बजारको अनुगमन गरेको छ । नगरपालिकाको वडा नः ११ मा रहेको ओदारी बजारमा सञ्चारमा रहेको ब्यवसायीक पसलहरुको अनुगमन गरिएकोे हो । ओदारी बजारमा रहेका करिव एक सय बढि पसलहरु मध्य कुनै पनि मासुपसल ब्यवस्थित रुपमा सञ्चालन नगरेको पाउनुका साथै अधिकाशं पसलहरुमा मुल्यसुची नराखेको पाइएको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिनुभयो ।

अब्यवस्थित रुपमा सञ्चालनमा रहेका मासु पसलमा खुल्ला ठाउमा मासु राखी बेच्न नपाइने, डिजिटल काटाको प्रयोग गर्नुपर्ने, अनीवार्य रुपमा मुल्यसुची राख्नु पर्ने सो क्रममा अनुगमन पछि निर्देशन दिइएको बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले बताउनुभयो । सात दिन भित्र पसल ब्यवस्थित गर्न नसके नगरपालिकाले पसलनै उठाउने सम्मको कारबाही गर्ने उहाले बताउनुभयो ।

ओदारी बजार क्षेत्रभित्र रहेको ७ मासु पसलमा बिशेष निगरानी गर्नुका साथै अव नगरपालिका भित्र रहेको होटल, मिठाइ पसल र मासु पसलमा छड्के अनुगमन गर्ने तयारी रहेको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले जानकारी दिनुभएको छ ।

बिकासमा तिव्रता लिएको ओदारी बजारलाई ब्यवस्थित बनाउन वडाले बिशेष पहल गर्ने बताउदै स्वच्छ प्रतिस्पर्धा गरि ब्यवसाय गर्न वडा नः ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  १ : ३३ बजे