९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

तौलिहवा अस्पतालमा रेबिजको भ्याक्सिन अभाव



कपिलवस्तु ।
जिल्ला अस्पताल तौलिहवामा रेबिज रोगविरुद्धको इन्जेक्सन भ्याक्सिन अभाव भएको छ । रेबिजको इन्जेक्सन अभाव हुँदा सर्वसाधारण बिरामीहरुलाई समस्या भएको छ ।
गएको केही महिना यता रेबिजको इन्जेक्सन अभाव भएको जिल्ला अस्पताल तौलिहवाले जनाएको छ । सरकारले निशुःल्क वितरण गर्ने औषधि मध्ये रेबिजको इन्जेक्सन पनि एक हो । अस्पतालमा रेबिजको इन्जेक्सन अभाव भएपछि सर्वसाधारण बिरामीहरुले महंङ्गो दरमा रेबिजको इन्जेक्सन निजी औषधि पसलबाट खरिद गर्न बाध्य भएका छन ।
विशेष गरी कुकुरको टोकाईबाट रेबिज रोग लाग्दछ । तर यस बाहेक बिरालो, स्याल, बाँदर, ब्वाँसो, फ्याउरोलगायतका अन्य मांसहारी जनावरले टोक्दा पनि रेबिज रोग लाग्ने सम्भावना रहेका जिल्ला अस्पताल तौलिहवाका मेडिकल सुररिटेण्डेन्ट डा। किशोर बन्जाडेले बताउनुभयो । बाँदर र मुसाको टोकाईबाट भने यो रोग बिरलै सरेको पाइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  २ : ३६ बजे