२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

वाणगंगामा ‘म सफा गर्छु मेरो नगर’ आजबाट शुभारम्भ



मायादेवी अनलाइन, कपिलवस्तु ।

वाणगंगा नगरपालिकाले आज देखि ‘म सफा गर्छु मेरो नगर’ अभियानको शुभारम्भ गर्ने भएको छ । वडा नं. २ मा पर्ने कपिलवस्तु रुपन्देही सीमानाकाको कोठी नदीबाट अभियानको शुभारम्भ हुन लागेको नगरपालिकाका प्रबक्ता तथा वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

अभियानको आज विहान देखि शुभारम्भ गरिने भएकोले कार्यक्रममा उपस्थितीका लागि नगरपालिकाले सबैमा आग्रह गरेको छ ।

उक्त कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थी, मेयर मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी लगायत जनप्रतिनिधि, सरोकारवाला र स्थानीयबासीको सहभागीता रहने बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७५ सोमबार ००:००  १ : ३७ बजे