२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

वाणगंगामा ‘म सफा गर्छु मेरो नगर’ अभियान शुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।

वाणगंगा नगरपालिकाले सोमबार देखि ‘म सफा गर्छु मेरो नगर’ अभियानको शुभारम्भ गरेको छ । सोमबार विहान वडा नं. २ मा पर्ने कपिलवस्तु रुपन्देही सीमानाकाको कोठी नदीबाट अभियानको शुभारम्भ भएको हो ।

अभियानको शुभारम्भ गर्दै प्रदेश सांसद विष्णु पन्थीले अभियानलाई तिरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वाणगंगा नगरपालिकालाई सबै मिलेर सफा, सुन्दर र हराभरा बनाउनुपर्ने पन्थीले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुले अभियानलाई सबै वडा वडामा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सयौ सर्वसाधारणको उपस्थिती रहेको थियो । सबै मिलेर कोठी नदी सफा गरिएको छ । नदी फोहर हुदा यस क्षेत्रमा दुगन्र्ध फैलिएको थियो । रुपन्देहीको सिमानाका पर्ने कोठी नदी पर्यटकका लागि राम्रो गन्तव्य पनि मानिन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७५ सोमबार ००:००  १० : ४८ बजे