२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

जेष्ठ नागरिक दिवस कपिलवस्तुमा यसरी मनाईयो (फोटो फिचर सहित)



दीपा महत, कपिलवस्तु ।
२८ औ विश्व जेष्ठ नागरिक दिवस कपिलवस्तु सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसमा सोमबार वाणगंगा नगरपालिका गजेहडा स्थित विपि स्मिृती भवनमा कार्यक्रम गरिएको हो ।
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल केन्द्रिय कार्यलय कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा वाणगंगाका विभिन्न जेष्ठ नागरिकको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सांसद विष्णु पंथीले जेष्ठ नागरिकहरुलाई राज्यले सम्मान गर्ने बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारले जेष्ठ नागरिकहरुलाई उचित सम्मन गर्नुपर्ने उहाले तर्क गर्नुभयो ।
यस्तै विशिष्ट अतिथी तथा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले जेष्ठ नागरिकका लागि नगरपालिकाले वजेट विनियोजन गर्ने बताउनुभयो । जेष्ठ नागरिकलाई हेला नभई मायाको आवश्यक्ता हुने भन्दै मेयर थारुले जेष्ठ नागरिकलाई घरपरिवारले माया ममता दिनुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा नेकपाका जिल्ला संयोजक झविलाल पोख्रेल, गुरुकुल संरक्षण समितीका अध्यक्ष रविराज ज्ञवाली, नागरिक समाजका उपाध्यक्ष इन्दिरा भट्राई, राष्ट्रिय जेष्ठ नागरिक समाज उपाध्यक्ष रमेश अर्याल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय जेष्ठ नागरिक समाज केन्द्रिय अध्यक्ष चन्द्रकान्त आचार्यको अध्यक्षता र उपाध्यक्ष खेमराज मरासिनीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा जेष्ठ नागरिकको हक र अधिकार कार्यान्वयनको माग सहितका प्लेकार्ड सहित ¥यालि पनि निकालिएको थियो ।
बैवाहिक जीवन पछि आपना सन्ततीले केही गर्छन् भनेर सन्तान जन्माउने कतिपय आमाबुवा अहिले पिडित छन् । २८ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कतिपय बृद्धबृद्धाहरुले आफ्नो विलौना गर्नुभएको थियो ।
दिवसमा अवसरमा भएको कार्यक्रम (फोटो फिचर सहित)

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  १ : ४८ बजे