२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बजार सरसफाईमा जुटे कृष्णनगरबासी



अजय मिश्र, कपिलबस्तु ।
कपिलवस्तुको कृष्णनगर वडा नं. २ मा सरसफाई कार्यक्रम गरिएको छ । सरसफाई कार्यक्रममा सहारा पब्लिकका बिद्यार्थी, ईलाका प्रहरी कार्यालय कृष्णनगरका सुरक्षाकर्मी, संघीय समाजवादी फोरम नेपाल कृष्णनगर नगरपालिका नेता कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उपस्थिती रहेको थियो ।


बढ्दै गएको बजारको फोहर सबै मिलेर सफा गर्नु सकारात्मक भएको इण्डो नेपाल समाजिक मंचका प्रवक्ता राहूल मोदनवालले बताउनुभयो । अभियान एक दिन मात्र नभएर हरेक दिन गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
सरसफाई कार्यक्रममा फोरम नेपालका प्रदेश प्रवक्ता अकरम पठान, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष गुरुसरन सिंह (बन्टी सरदार) लगायतको पनि उपस्थिती रहेको थियो ।
साथै अभियानमा बृजेश कुमार कसौधन, सनि सरदार, राहूल मोदनवाल लगायतले सरसफाई अभियान बजारको लागि आवश्यक्ता रहेको बताउनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  ३ : १४ बजे