१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामाजिक सुरक्षाभत्तामा देखिएको अन्यौलता सच्चाउन नेकपा कपिलवस्तुको माग



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेकपा कपिलवस्तुको बैठकले जेष्ठ नागरिकले हाल पाउदै आएको सामाजिक सुरक्षाभत्ता यभावत राख्न आग्रह गरेको छ । नेकपा कपिलवस्तुको तौलिहवामा बसेको बैठकले सामाजिक सुरक्षाभत्तामा केन्द्रले पठाएको परिपत्रमा केही अन्यौलता देखिएको भन्दै त्यसलाई पुरानै पद्धतीमा भत्ता वितरण गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै बैठकले आउदै गरेका महान चाडपर्वलाई लक्षित गरी विगतमा झै शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको छ । नेकपा कपिलवस्तुले जिल्लाका १० ओटै स्थानीय तहमा शुभकामना कार्यक्रम राख्ने जनाएको छ । यस्तै स्थानीयतह पछि जिल्ला पार्टी कार्यलयमा जिल्ला स्तरीय शुभकामना कार्यक्रम आयोजना गर्ने नेकपाको तयारी छ ।

त्यसको लागि विभिन्न नेतालाई जिम्मेवारी पनि प्रदान गरिएको नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले जानकारी दिनुभयो ।

नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलको अध्यक्षतामा बसेको बैठकमा नेकपाका नेता गिरीधारीलाल न्यौपाने, विमला घिमिरे, बलराम अधिकारी, भानुप्रकाश श्रेष्ठ, प्रभा पौडेल, खुम प्रसाद आचार्य लगायतको आतिथ्यता रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  ३ : २१ बजे