२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

खानेपानी समितिको अध्यक्षमा पुन : शाह सर्वसम्मत



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा, गजहेडा भूपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुन राजेन्द्र विक्रम शाह सर्वसम्मत रुपमा चयन हुनुभएको छ । विहीबार वाणगंगामा भएको समितिको दोस्रो अधिवेशनबाट शाह अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
यस्तै समितिको उपाध्यक्षमा झलक बहादुर मल्ल, सचिवमा कृष्ण बहादुर शाही, सहसचिवमा चिरिञ्जीवी पन्त, कोषाध्यक्षमा रमा थापा भारती चयन हुनुभएको छ । अधिवेशनले १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य अतहर कमालले जनताबाट निर्वाचित जनप्रतिनिधिले राजनीति भन्दा विकास निर्माणमा बढी जोड दिनुपर्ने बताउनुभयो । विकास निर्माण गर्दा कुनै पनि दलगत आखाले हेर्न नहुने भन्दै यस क्षेत्रको विकासमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थीले वाणगंगा, गजेहडा खानेपानीले जनतालाई पु¥याएको खानीपानीको बारेमा प्रशंसा गर्नुभयो । जनतालाई स्वच्छ र सफा पानी दिनुपर्नेमा उहाले जोड दिनुभयो ।
वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले सिंगो नगरबासीलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न आफु लागि पर्ने बताउनुभयो ।
समितिको चौथो साधारणसभा पनि विहीबार नै सकिएको छ । साधारणसभामा अध्यक्ष राजेन्द्र विक्रम शाह र सचिव कृष्ण बहादुर शाहीले सुनाउनुभएको प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ५७ बजे