२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

नेकपा प्रदेश कमिटीको कार्यालय सचिवमा बलराम अधिकारी



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेकपा प्रदेश ५ को कार्यलय सचिवमा कपिलवस्तुका बलराम अधिकारी चयन हुनुभएको छ । प्रदेश कमिटीको बुटबलमा बसेको बैठकले नेता अधिकारीलाई कार्यालय सचिवमा चयन गरेको हो । अधिकारी पूर्व सांसद तथा संविधानसभा सदस्य पनि हुनुहुन्छ । यस्तै बैठकले कपिलवस्तुको पार्टी सञ्चालनका लागि चार सदस्यिय समिति निर्माण गठन गरेको छ ।
समितिमा जिल्ला संयोजक रहनुभएका झविलाल पोख्रेल, भानुप्रकाश श्रेष्ठ, डम्मर शर्मा र विष्णु शाह रहनुभएको छ । यो समितिले स्थानीय तहको पार्टी सचालनको नेतृत्व तोक्ने अधिकार पाएको छ । यस्तै आउदै गरेका महान चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने र दुवै पार्टीका जिल्लातहका दस्ताखेत संकलन गर्ने समितिले अख्तियारी पाएको बताइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  ३ : २० बजे