२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

बुद्धभूमि नगरपालिका शनिबार साक्षर हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका शनिबार साक्षर नगरपालिका घोषणा हुने भएको छ । नगरपालिकाका १० ओटा वडा साक्षर घोषणा भए संगै शनिबार नगरपालिकालाई साक्षर घोषणा गर्न लागिएको हो ।
कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री सुुर्दशन बराल आउनुहुने कार्यक्रम छ । मन्त्री बरालले नगरपालिकालाई साक्षर घोषणा गर्ने नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताउनुभयो ।
बुद्धभूमि नगरपालिका शनिबार साक्षर घोषणा भए संगै कपिलवस्तुका तीन स्थानीय तह साक्षर घोषणा हुने छ । १० स्थानीय तह रहेको कपिलवस्तुमा यसभन्दा पहिला वाणगंगा नगरपालिका र शुद्धोधन गाउँपालिका मात्र साक्षर घोषणा भएको शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख बाबुराम भट्टराईले बताउनुभयो ।
नगरका ९५ प्रतिशत १५ देखि ६० बर्ष उमेर समूहका महिला तथा पुरुषले पढ्न तथा लेख्न सक्ने भएपछि साक्षर घोषणा भएको मानिने छ । प्रदेश ५ मा कपिलवस्तु र बाके जिल्ला बाहेक सबै जिल्ला साक्षर घोषणा भैसकेका छन । यी दुई जिल्लाको कारण सिंगो प्रदेश नै साक्षर घोषणा हुन सकेको छैन ।
कपिलवस्तुका सबै स्थानीय तहले आफ्नो स्थानीय तहलाई साक्षर बनाउन बार्षिक कार्ययोजना बनाएर काम गर्न थालेका छन । प्रदेश नं. ५ सरकारले पनि साक्षर घोषणाका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  ३ : ३८ बजे