१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अब जिल्ला र स्थानीय तहमा छिट्टै एकता : पोख्रेल



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिका वडा नं. ७ अन्तर्रगत नेकपा मधौलीया कमिटीको एक भेला सम्पन्न भएको छ । भेला नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलामा बोल्दै संयोजक पोख्रेलले अब छिट्टै जिल्ला, स्थानीय तहमा पनि पाटी एकता हुने बताउनुभयो । पाटीले जनता प्रति समर्पित भएका काम गर्नुपर्ने भन्दै विकास निर्माणमा सबै सचेत र चनाखो हुनुपर्ने बताउनुभयो ।
मधौलीया टोल कमिटीका अध्यक्ष श्रीधर शर्माको अध्यक्षतामा भएको भेलामा त्यस क्षेत्रका विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  १२ : ५२ बजे