१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जिल्ला तहमा एकताका लागि नेकपा प्रदेश ५ कमिटी तात्यो



रुपन्देही ।
नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेशले जिल्ला तहमा एकताका लागि कार्यदल गठन गर्दै तत्काल काम शुरू गर्न निर्देशन दिएको छ ।
कार्यदलले प्रदेशका १२ जिल्लाका जिल्ला कमिटीका लागि प्रदेश कमिटीमा सिफारिस गर्र्नेछ । नेकपा ५ नम्बर प्रदेश कमिटीको बिहीबार बुटवलमा बसेको बैठकले कार्यदल बनाउने र तत्कालै काम शुरू गर्ने गरी अधिकार दिने निर्णय गरेको थियो । प्रदेश कमिटीको निर्णयलाई सार्वजनिक गर्न प्रदेश कमिटीले आज बुटवलमा पत्रकार सम्मेलन गरेको थियो ।
कार्यदललाई २० दिनको समयावधि दिइएको छ । जिल्ला स्तरीय कार्यदलमा ४–४ जना सदस्य रहेका छन् । पूर्वएमालेबाट २ जना र पूर्वमाओवादीबाट २ जना रहेका छन् । रुपन्देहीमा गोपाल भट्टराई, शिवराज सुवेदी, निर्मलकुमार जिसी र अनुप बराल सदस्य रहेको कार्यदल बनाइएको छ । कार्यदलले जिल्ला तहको कमिटीका लागि प्रदेश कमिटीमा सिफारिस गर्नेछ ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  १२ : ५६ बजे